बैंकको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले साविकका शेयरधनीहरुलाई एक बराबर दुई दशमलव पाँचको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।
बैंकको असार ३ गते सम्पन्न विशेष साधारण सभाले २२५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
१५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कर्णालीको ३३ करोड ९७ लाख ५० हजार रुपैयाँको हकप्रद विक्रीपछि ४९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन अनुसार बैंक एक करोड ६९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । त्यसकारण बैंकले आम्दानीको क्षेत्र पहिचान गरि उल्लेख्य बढाउनुपर्ने देखिन्छ ।
लगानीकर्ताले हकप्रदको लोभमा उचालिएर सेयर किन्नेतर्फ भने सजग बन्नुपर्ने देखिन्छ । पूँजी बढेअनुसार आम्दानी बढाउन नसक्ने बैंक तथा वित्तिय संस्थाको सेयर हकप्रदको लोभमा उचालिएर हैन, घटेर न्युन बिन्दुमा आएको बेलामा मात्र किन्नुपर्छ ।
बैंकको सेयर बुधबार प्रतिकित्ता २५८ रुपैयाँमा कारोबार भएको छ ।