काबेली विकास बैंकको लिलामी सेयर कति मूल्य कबोल्नेले सकारे ?

Dec 27, 2017 Merolagani

काबेली विकास बैंक (KEBL) ले मंसिर १९ देखि २९ गतेसम्म लिलामीमा राखेको १२ हजार ५८७ कित्ता साधारण सेयरको बाँडफाँड भएको छ ।

बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटले दिएको जानकारी अनुसार लिलामी सेयरको कटअफमूल्य ३०० रुपैयाँ कायम भएको छ । साधारण सेयरका लागि कुल १०२ वटा बोलपत्र पेश भएकोमा २२ जना आवेदनकले सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ ।

२१ जनाले माग अनुसार नै सेयर प्राप्त गरेका छन् भने एक आवेदकले एक हजार कित्ता सेयर आवेदन गरेकोमा आंशिक रुपमा ५५७ कित्ता सेयरमात्र प्राप्त गरेका छन् ।

लगानीकर्ताले बैंकको साधारण सेयरको लिलामीका लागि अधिकतम ३६५ रुपैयाँसम्म खर्चिएका छन् । काबेली विकास बैंकले भदौ १८ गतेदेखि कात्तिक १५ गतेसम्म ५० प्रतिशत हकप्रद विक्री गर्दा अवितरित सेयर लिलामीमा ल्याएको थियो ।

काबेली विकास बैंकले माउण्ट मकालु डेभलपमेन्ट बैंकलाई १००:८८ अनुपातमा एक्वायर गर्ने प्रस्ताव पुस १० गते सम्पन्न  विशेष साधारण सभाले पारित गरेकाे छ । माघ १ गतेदेखि दुबै बैंकले एकीकृत कारोबार थाल्ने भएका छन् । काबेलीले चालू आवको प्रथम त्रैमासमा दुई करोड ६१ लाख रुपैयाँ खुद नाफा नाफा कमाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।