ग्रीन डेभलपमेन्टको हकप्रद भर्न अार्इतबारसम्म शेयरधनी हुनुपर्ने, कहिलेदेखि खुल्दैछ हकप्रद ?

Dec 31, 2017 merolagani

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड(GRDBL) को अार्इतबारसम्म शेयर खरीद गर्नेले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकले ४ सय प्रतिशत हकप्रद माघ २ गतेदेखि फागुन ८ गतेसम्मका लागि निष्काशन गर्ने भएको छ ।

ग्रीन डेभलपमेन्ट बैङ्कले चुक्त्ता पूँजी १० कराेड रूपैयाँको  १ बराबर ४ को अनुपातमा प्रति शेयर एक सय रूपैयाँ अङ्कित दरको ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

हकप्रदका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्ने भएपनि बुकक्लाेजकाे अघिल्लाे  शेयर कारोवार हुने दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुनाले पुस १६ गते अाइतबारसम्म शेयर खरीद गर्नेहरूले मात्र हकप्रद लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि बैङ्कको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ ।

बिक्री प्रबन्धकको कार्यालय र ग्रीन डेभलपमेण्ट बैङ्कका शाखाहरूमा आवेदन फर्म उपलव्ध हुने छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।

हाल बैंकको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । ४ सय प्रतिशत हकप्रद शेयर निष्कासनपछि बैङ्कको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ । बैंककाे सेयर अाइतबार प्रतिकित्ता ५४८ रूपैयाँ हाराहारीमा काराेबार भएकाे छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।