एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयरको बोलपत्र पुस १६ गते खुला हुने

Dec 28, 2017 Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म लिलामी खुला गरेको सर्वसाधारण समूहको १८ हजार २८६ कित्ता सेयरको बोलपत्र पुस १६ गते खुला गर्ने भएको छ ।

बैंकको सेयर विक्री प्रबन्धक एस क्यापिटलले १६ गते आईतबार दिउँसो २ बजे क्यापिटलको कार्यलय लालदरबारमा शिलबन्दी बोलपत्र खुला गर्ने जनाएको छ ।

बैंकले असोज १६ गतेदेखि कात्तिक २१ ग्तेसम्म ५० प्रतिशत हकप्रद निष्काशन गर्दा अवितरित सेयर लिलाम बढाबढमा विक्री गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।