लक्ष्मी बैंकका प्रमुख कार्यकारी भन्छन् ‘बैंकहरुले कर्जा प्रवाह बन्द गर्नु वा व्याजदर बढाउनुको विकल्प छैन’

Dec 28, 2017 Merolagani

बैंकिगं प्रणालीमा देखिएको तरलता अभावका कारण व्याजदर महंगिँदै गएको छ । अधिकांस बैंकहरु अहिले चर्को व्याजदरमा निक्षेप संकलन गर्ने तिर केन्द्रित भएका छन् । जसका कारण कर्जा प्रवाह गर्ने विषय अहिले ओझेलमा परेको छ । तरलता अभावका बिच बढ्दो पैसाको मागले अब व्याजदर अझै बढ्ने देखिएको हो ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङका अनुसार बैंकले नयाँ कर्जा प्रवाहलाई प्रथमिकतामा राखेको छैन ।

मेरोलगानीसँगको कुराकानीमा खालिङ भन्छन्, ‘कि त सबै कर्जा बन्द गरेर हात बाँधेर बैंकहरु आरामले बस्नु पर्यो कि त महंगो व्याजदरमा रकम परिचालन गर्नु पर्यो । अरु त विकल्प नै छैन ।’

बैंकहरुले पूँजी अनुसार व्यवसाय बिस्तार गर्न सकिरहेका छैनन् । अर्कातिर अहिलेको समयमा विगत वर्षहरुमा रेमिट्यान्सको आकार बढ्ने गरेकोमा अहिले घट्दै गएको छ । सरकारी खर्च हुन सकिरहेको छैन । ‘अहिलेको तरलता अभाव समाधानमा बैंकहरुले केही गर्न सक्ने अवस्था छैन । अवस्था अनुसार चल्ने मात्र हो ।’ खालिङ भन्छन् ।

पहिले प्रवाह भएका कर्जामा पनि व्याजदर बढ्ने हुँदा समस्या अझै बढ्ने देखिन्छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी खालिङ भन्छन्, ‘बैंकहरुले आफ्नो मुख्य काम नै बन्द गरेर कसरी अवस्थामा सुधार हुन सक्छ र ? विभिन्न योजना तथा व्यवशायमा बैंकहरुले गरिरहेको लगानीले निरन्तरता पाउनै पर्छ । आफ्ना निरन्तरका सेवाग्राहीलाई कर्जा उपलब्ध नगराउने भन्ने कुरा रहँदैन । तर नयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्था अहिले छैन ।’

अब बैंकहरुले विगतमा जसरी कर्जा परिचालन गर्दा आफैं समस्यामा पर्ने अवस्था आएको छ । बैंक आफु जोखिममा बसेर कर्जा प्रवाह गरिरहन नसक्ने भएकाले नगदको माग अझै बढ्ने कुरा नकार्न सकिन्न । अहिले बैंकहरुको व्याजदरमा कर्जाभन्दा निक्षेपको बढी चर्चा हुने गरेको छ ।

एउटा बैंकमा भएको पैसा आलो पालो गरेर बैंकहरुले आफ्नो समस्या टार्दै काम चलाई रहेका छन् । यो प्रकृयामा नै व्याजदर केही अनुपातमा बढिसकेको छ । ‘अब यो क्रम अझै बढ्छ, जसले गर्दा व्याजदर बढ्ने निश्चित छ । बजारमा पैसा नभएको अवस्थामा माग धेरै हुँदा योे अवस्था आउनु स्वभाविक हो ।’ खालिङ भन्छन् ।

पुस मसान्तमा अर्धवार्षिक कर तिर्नु पर्ने समय नजिकिँदैछ । यस क्रममा पनि बैंकिंग प्रणालीबाट ठुलो रकम सरकारी कोषमा जान्छ । जसले गर्दा रकमको माग अझै बढ्ने देखिन्छ । यस्तो अवस्थामा अहिलेको व्याजदर सस्तो पो हो की भन्ने अवस्था पनि आउँदैछ । सबै क्षेत्रमा पैसाको माग बढेको आधारमा व्याजदर बढ्नुलाई पनि स्वभाविक नै मान्नु पर्छ ।

‘लक्ष्मी बैंकको सन्दर्भमा कुरा गर्नु पर्दा ३ देखि ६ महिनाको निक्षेपमा ११ प्रतिशतसम्मको व्याजदरमा निक्षेप संकलन गर्ने योजना बनिसकेको छ । कर्जाको व्याजदर यसै आधारमा निर्धारण भएको छ । अरु कुरा समय अनुसार चल्नै पर्छ, हेरौं अवस्था कस्तो आउँछ ।’ खालिङले भने ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।