विशेष साधारण सभामा प्रस्तुत गर्ने प्रस्तावहरुमा बैंकले आफ्नो कार्यक्षेत्र थप गर्ने भएको छ । हाल एक जिल्ला कार्यक्षेत्र रहेको बैंकले कार्यक्षेत्र बढाउन लागेको हो ।
त्यस्तै बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफिया अनुसार बैंकको सञ्चालक समिति निर्धारण गर्ने र बैंकको हाल कायम रहेको उदेश्यमा थप गर्ने प्रस्ताव गर्न लागेको हो ।
चालु आर्थिक बर्षको प्रथम त्रैमासमा हाम्रो बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैयाँ रहेको छ भने यस अवधिमा बैंकले एक करोड रुपैयाँ खुद नाफा कमाएको छ ।