सेञ्चुरी जाने पक्का भएका अनिल शाह बने नबिलको प्रमुख कार्यकारी

Dec 29, 2017 Merolagani

बैंकिङ क्षेत्रमा अधिक चर्चामा रहने अनिल केशरी शाह नबिल बैंकको प्रमुख कार्यकारी बनेका छन् । यस अघि मेगाको कार्यकाल सकेर सेञ्चुरी जाने पक्का पक्की गरेका शाहलाई नबिल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

यही पुस तेस्रो साताबाट शाहले सेञ्चुरीमा प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने तयारी गरेका थिए । तलबको विषयमा कुरा नमिले पछि शाह सेञ्चुरी छाडेर नबिलतर्फ लागेका हुन् ।

राष्ट्र बैंकको व्यवस्था अनुसार सेञ्चुरीमा थोरै तलब पाउने भएकाले धेरै तलबका लागि शाहले नबिल बैंक रोजेका हुन् । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । 

मेगामा ८ वर्ष प्रमुख कार्यकारी भए पछि शाह नबिल फर्किएका हुन् । त्यस अघि उनी नबिल बैंकमा नै प्रमुख कार्यकारी अधिकृत थिए ।

नबिल बैंक भित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रमुख कार्यकारी अधिकृत शसिन जोशीले कार्यकाल पुरा नहुँदै पदबाट राजिनामा दिएका थिए । जोशीको राजिनामा आए लगत्तै बैंक सञ्चालक समितिले शाहलाई प्रमुख कार्यकारीमा अघि सारेको हो ।

व्यवस्थापन सन्तुष्ट नभए पछि जोशीले फागुन ५ गतेदेखि आफु बैंकमा नरहने व्यहोराको राजिनामा गरेका थिए । शाहले सोही दिनदेखि प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने बताइएको छ । शाहले नबिलबाट नै बैंकिङ करियर सुरु गरी प्रमुख कार्यकारी बनेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।