मेगाले हकप्रदमा अवितरित रहेको संस्थापक र साधारण सेयर गरी १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर केही दिनभित्रमा लिलामी सूचना प्रकाशमा ल्याउनेछ । एक सय वा सोभन्दा बढी अंकित मूल्यमा बैंकको सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत लिलाम बढाबढमा विक्रीमा ल्याउनेछ ।
बैंकले १०ः६.५ को अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद सेयर भदौ २७ देखि कात्तिक १४ गतेसम्म जारी गरेको थियो । आफ्नो हकभन्दा धेरै सेयरको माग गरी आवेदन दिने सेयरधनीहरुलाई आफ्नो हकभन्दा बढी आवेदन भएको रकम संकलन केन्द्रबाटै फिर्ता भुक्तानी गर्ने बैंकले जनाएको छ ।
हकप्रदपछि मेगाको चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुगेको छ । टुरिजम डेभलपमेण्ट बैंकसँग मर्जर प्रकृयामा रहेको मेगा बैंकको चुक्ता पूँजी मर्जरपछि साढे ९ अर्ब रुपैयाँ पुग्नेछ । चालू आर्थिक बर्षको प्रथम त्रैमासमा बैंकले रुपैयाँ खुद नाफा माएको छ भने बैंकको सेयरमूल्य प्रतिकित्ता रुपैयाँमा कारोबार भएको छ ।