पूँजी वृद्धि सँगसँगै हामी नयाँ नयाँ योजना पनि ल्याउँदैछौं: सुदुयम्न प्रसाद उपाध्याय

Dec 30, 2017 merolagani

निर्जीवन बीमा क्षेत्रमा अन्य कम्पनीहरूमाझ आफ्नो छुट्टै पहिचान सहित २०५१ साल बैशाखमा स्थापना भएको प्रिमियर इन्स्योरेन्स (PIC)  पछिल्लो दिनहरूमा व्यवसाय विस्तार र नयाँ नयाँ पोलेसीका कारण चर्चामा छ । कम्पनीले संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गरी बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन ६ लाख ६० हजार कित्ता एफपीओ ६९९ प्रिमियम मूल्यसहित ७९९ रूपैयाँमा पुस १६ गतेदेखि जारी गर्देछ ।

कम्पनीका योजना, एफपीओ जारी गरेपछि कम्पनीमा देखिनसक्ने असर र भावी योजना बारे मेरोलगानी डट कमले प्रमुख कार्यकारी अधिकृत सुदुयम्न प्रसाद उपाध्यायसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

बीमा समितिले तोकेको एक अर्ब रूपैयाँ कसरी पुर्याउँदै हुनुहुन्छ ?

बीमा समितिको निर्देशन अनुरूप चुक्ता पूँजी कायम गर्ने शिलशिलामा हामीले पुस १६ गतेदेखि ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ जारी गर्न लागेका छौं । एफपीओ विक्रीपश्चात हाम्रो चुक्ता पूँजी ५१ करोड ४४ लाख रूपैयाँ पुग्नेछ । गत आर्थिक बर्षमा कमाएको खुद नाफाबाट एफपीओले समेत पाउने गरि लाभांश वितरण गर्दैछौं । एफपीओबाट संकलन भएको प्रिमियम र चालू आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर हामीले एक अर्ब रूपैयाँ चुक्ता पूँजी कायम गर्ने योजना बनाएका छौं ।

प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य एफपीओ आउने भएपछि पछिल्लो एक हप्तामा नै एक सय रूपैयाँभन्दा बढी घटिसकेको छ, फाइदा हुन्छ आवेदकलाई ?

हेर्नुहोस् पछिल्ला दिनमा तरलता अभाव र अन्य विविध कारणले सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको मात्र होइन सबै कम्पनीको सेयरमूल्य घटेको छ । अहिले झण्डै एक अर्ब रूपैयाँ चुक्ता पूँजी रहेका इन्स्योरेन्सको सेयरमूल्य पनि हाम्रो भन्दा कम रहेको छ । हाम्रो निरन्तर ओरालो लागेको बजारमा पनि हाम्रो कम्पनीको सेयरमूल्य १३ सय रूपैयाँ माथि रहेको छ ।

हामीले ६९९ रूपैयाँ प्रिमियम थप गरेर ७९९ रूपैयाँमा मात्र एफपीओ जारी गर्न लागेका हौं । बजार बढेसँगै हाम्रो कम्पनीको सेयरमूल्य बढ्ने हुँदा अहिलेको मूल्यमा पनि एफपीओ जारी हुँदा आवेदकलाई घाटा हुँदैन ।

एफपीओको मूल्य तीनपटक संसोधन गर्र्नुपर्यो, मूल्य घट्दा संकलन हुने प्रिमियम पनि घट्यो, पूँजी कायम गर्न असजिलो भएको छ कि ?

कुनै कम्पनीको कुल नेटवर्थको चार गुणा भन्दा बढि मूल्यमा एफपीओ जारी गर्न नपाउने व्यवस्था छ । हामीले पहिला तोकेको मूल्य अहिले आउँदा परिवर्तन गर्नुपर्ने अवस्था आएकाले घटाउनुपर्यो, प्रिमियम संकलन घटेपनि चुक्ता पूँजी पुर्याउन भने त्यति असहज हुन्छ जस्तो लाग्दैन ।

चुक्ता पूँजी पुर्याउन नागरिक लगानी कोषको सेयर पनि विक्री गर्दे हुनुहुन्छ भन्ने सुनिन्छ नी ?

हामीलाई चुक्ता पूँजी कायम गर्न नागरिक लगानी कोषको सेयर नै विक्री गर्नुपर्ने अवस्था छैन । नियमित आम्दानी र प्रिमियमबाट संकलन हुने रकमबाट नै बोनस वितरण गरेर चुक्ता पूँजी पुरयाउन सकिने अवस्था छ । बजारमा सुनिएको हल्ला जस्तो हामीले नागरिक लगानी कोषको संस्थापक सेयर अहिले नै विक्री गर्न लागेको कुरा गलत हो । तर संस्थालाई थप मजबुत बनाउन भविष्यमा आवश्यक निर्णय गरेर विक्री गर्न पनि सकिन्छ ।

प्रिमियर इन्स्योरेन्सको खुद नाफा बढ्न सकेको छैन, एफपीओ जारी गरेपछि प्रतिसेयर आम्दानी अझ घट्ला केही योजना बनाउनुभएको छ ?

एफपीओ जारीले चुक्ता पूँजी बढेपछि भएपछि अहिलेलाई प्रतिसेयर आम्दानी घट्छ नै । पूँजी वृद्धि सँगसँगै हामी आम्दानी बढाउनका लागि नयाँ पोलेसी योजना अगाडि ल्याउँदैछौं । चालू आर्थिक बर्षमा हामीले मेडिकल पोलेसी र अन्य योजना समेत ल्याउँदैछौं । यस पोलेसीमा आवद्ध हुने ग्राहकहरूलाई पारिवारिक रूपमा स्वास्थ्य सेवा लिन निकै सहज हुनेछ । अहिले बजारमा सञ्चालनमा रहेका अन्य पोलेसीमा भन्दा हाम्रो पोलेसीमा  ग्राहकले धेरै फाइदा लिन सक्नुहुन्छ ।

नेपालमा एउटा मात्र पुर्नबीमा कम्पनी रहेका कारण विदेशी कम्पनीहरूमा समेत पुर्नबीमा गर्नुपरेको छ, विदेशी कम्पनीबाट केही समस्या छन् ?

हामीले नेपाल र विदेशी दुइटा नै पुर्नबीमा कम्पनीमा पुर्नबीमा गराएका छौं । इन्स्योरेन्स कम्पनीको मूल उदेश्य भनेको नै एक आपमासमा जोखिम बाँडफाँड गर्ने हो । नेपाली कम्पनी र विदेशी कम्पनीमा खासै अन्तर हुँदैन । पहिला हामीले विदेशमा रहेका बी ग्रेड कम्पनीमा पुर्नबीमा गराउने गरेका थियौं । अहिले विदेशमा रहेका ग्रेड ए कम्पनीमा पुर्नबीमा गराउन थालेका छौं । जसले अझ सहज भएको छ ।


चालु आवको प्रथम त्रैमासिक अवधिमा दाबी भुक्तानी रकम घटेको छ नी ?

गत बर्षको यसै अवधिको तुलनामा कुल दाबी भुक्तानी संख्यामा वृद्धि भएको छ । अघिल्लो बर्ष हाम्रो कम्पनीमा थोरै दाबी भुक्तानी परेकोले पनि कम दाबी भुक्तानी रकम कम देखिएको हो ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।