लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्ता पूँजी ८८ करोड पुर्यायो ,अध्यक्षमा मनोहर दास मूल पुनः चयन

Dec 30, 2017 merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को १३ औं बार्षिक साधारणसभाले १२.८२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ता व पारित गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रदपछि कायम चुक्ता पूँजी ७८ करोड रुपैयाँको १२.८२ प्रतिशतले हुन आउने ० करोड रुपैयाँ बरारको बोनस वितरण गर्नेछ ।



साथै कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.६७ प्रतिशत बराबरको ५२ लाख ६३ हजार १५८ रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनस वितरण पछि इन्स्योरेन्सको चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्नेछ । बीमा समतिको निर्देशन अनुरुप कम्पनीले थप १२ करोड पूँजी वृद्धि गर्नुपर्ने देखिन्छ ।

त्यस्तै संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमा मनोहर दास मूल, विश्वराज रेग्मी, अरुण राज श्रेष्ठ र उमेश रेग्मीलाई निर्विरोध निर्वाचित गरेको छ । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले मनोहर दास मूललाई सञ्चालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।