प्रिमियर इन्स्योरेन्सको एफपीओको बिक्री आजदेखि खुल्यो, कहाँ र कति गर्ने आवेदन ?

Dec 31, 2017 merolagani

प्रिमियर ईन्स्योरेन्स (PIC) ) ले आजदेखि साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्रीमा ल्याएको हो।


इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीको एफपीओमा पुस १६ गतेदेखि पुस १९ गतेसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।

इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । एफपीओ बिक्रीपछी इन्स्योरेन्सको चुक्ता पूँजी ६ करोड ५९ लाख ५६ हजार रुपैयाँले बढ्नेछ । त्यस्तै उसको जगेडाकोषमा ४६ करोड १० लाख रुपैयाँ जम्मा हुनेछ ।

पूँजी वृद्धि सँगसँगै हामी नयाँ नयाँ योजना पनि ल्याउँदैछौं: सुदुयम्न प्रसाद उपाध्याय

दोस्रो बजारमा यस कम्पनीको साधारण सेयरको मूल्य १३८६ रुपैयाँ हाराहारीमा रहेको छ । गत बर्षको लाभांश पनि बितरण हुन बाँकी रहेकोले एफपीओमा सेयर पाउनेले उक्त लाभांस समेत पाउनेछन् । कम्पनीले जम्मा साढे ६ लाख कित्ता एफपीओ निष्कासन गरेकाले सबै आवेदकलाई दश कित्ता बाढ्नु पर्ने भएकाले दश कित्ताका लागि मात्रै आवेदन गर्नु राम्रो हुनेछ । धेरै आवेदक हुने भएकाले दश कित्ता सेयर पाउन पनि गोलाप्रथाको भर पर्नुपर्ने छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।