रााष्ट्रिय ट्रमा सेन्टरमा इन्भेष्टमेण्ट बैंकको काउन्टर

Dec 31, 2017 merolagani

नेपाल इन्भेष्टमेण्ट बैंकले रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ । २४ सै घण्टा सेवा संचालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलिएको बैंकले जनाएको छ ।

काउन्टरले ट्रमा सेन्टरमा आउने विरामीको उपचारका क्रममा टिकट काट्नेदेखि विल भुक्तानीमा पनि सहयोग गर्ने छ ।  बैंकले निकट भविस्यमै ट्रमा सेन्टरको परिसरमै आफनो ९८औं एटिएम संचालनमा ल्याउने छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा तथा ९७ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५४ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

निजी क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १०.६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप १३१ अर्ब तथा कूल कर्जा लगानी १०७ अर्ब पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।