बृद्धाश्रम निर्माणमा नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोग

Dec 31, 2017 Merolagani

नेपाल बङ्गलादेश बैंकको इटहरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत माया घर नेपाल लाई बृद्धाश्रम निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

 

उक्त सहयोग रकम बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपानेलाई हस्तान्तरण गरेका छन् । इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सकृय महिला दिदी बहिनीहरुको अगुवाईमा स्थापित उक्त सामाजिक संस्था हो ।

माया घर नेपालले इटहरी उपमहानगरपालिका वडा नं.२, हवाई चोकमा बृद्धाश्रम बनाउने उद्धेश्यले पुस ८ गतेदेखि १५ गतेसम्म श्रीमद् भागवत जीवनदर्शन ज्ञान महायज्ञ संचालन गरिरहेको छ । उक्त सहयोग बैंकका शाखा प्रमुखले सोही महायज्ञ स्थल गएर प्रदान गरेका हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।