सनराइज बैंकले आस्वा शुल्क ७५ रुपैयाँ घटायो, मेराे सेयरबाट भने निशुल्क

Jan 01, 2018 Merolagani

सनराइज बैंक (SRBL) ले पुस १७ गते सोमबारदेखि लागू हुने गरी आस्वा शुल्कमा ७५ रुपैयाँले कटौती गरेको छ । बैंकले यसअघि एक सय रुपैयाँमा सेवा दिँदै आएकोमा अब भने २५ रुपैयाँमा सेवा दिने भएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओ र एफपीओमा आवेदन गर्न आस्वा प्रणाली अनिवार्य गरेको छ भने पछिल्लो समय हकप्रदमा समेत यो व्यवस्था लागू भैसकेको छ ।

अन्य धेरै बैंकले आस्वा शुल्क निशुल्क गरिसक्दा समेत सनराइज बैंकले भने प्रति दरखास्त एक सय रुपैयाँ लिँदै आएको थियो ।

अन्य कतिपय बाणिज्य बैंकले सेवा शुल्क वापत १० देखि २५ रुपैयाँसम्म लिँदै आएका छन् भने धेरैले ग्राहक निशुल्क भएका अन्य बैंकतर्फ गएपछि बैंकबाट निक्षेप घट्दा धेरैले निशुल्क बनाईसकेका छन् । सनराईजले भने अंग्रजी नयाँ बर्षबाट लागू हुनेगरि २५ रुपैयाँ बनाएको हो ।

सनराईज बैंक नेपाल क्लियरिङ्ग हाउस (सीडीएससी) को सदस्य बनेकाले सी-आस्वाको मेरो सेयर लग इन मार्फत भने निशुल्क आईपीओ र एफपीओमा आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सी-आस्वाको रजिष्ट्रेसन फर्म सनराइज बैंकको वेभसाइटबाट डाउनलोड गरि वा बैंकको कुनैपनि शाखामा गएर सी-आस्वामा रजिष्ट्रर गरि सीआरएन नम्बर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।