बिओकेकोे लिलामीको संस्थापक सेयर नपर्नेको रकम आजदेखि फिर्ता हुने

Jan 02, 2018 merolagani

बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर खरिदका लागि बोलपत्र राखेर सेयर। किन्न नपाएका लगानीकर्ताको रकम आज मंगलबारदेखि फिर्ता हुने भएको छ । बैंकले आवेदकले उल्लेख गरेको बैंक खातामा नै रकम रकमान्तर गरिने जानकारी दिएको छ ।

बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्रीमा राखेको थियो । जसम्ध्ये अधिकांश सेयर कर्मचारी संचय कोषले खरिद गरेको छ ।

कर्मचारी संचयकोषले २५१ रुपैयाँका दरले ६१ लख ५८ हजार कित्ता माग गरेकोमा उसले झण्डै ६१ लाख ४९ हजार कित्ता सेयर हात पारेको छ । बाँकी सेयर अन्य आवेदकहरुले पाएका थिए ।

 

बीओकेले आफ्नो संस्थापक हिस्सेदारी ५१ प्रतिशत पुर्याउन यो सेयर लिलाम गरेको हो । अहिले संस्थापक सेयरको हिस्सा ४५ प्रतिशतको हाराहारीमा छ ।

बैंकको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिगं रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।