जानकी फाईनान्स र गुहेश्वरी मर्चेन्टको बाेनस सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Jan 02, 2018 Merolagani

जानकी फाईनान्स (JFL) को १८ प्रतिशत तथा गुहेश्वरी मर्चेन्ट (GMFIL) को १५.८० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभाका लागि दुबै कम्पनीले बुधबारदेखि बुकक्लाेज गर्ने भएकाले मंगलबारसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

जानकी फाइनान्सले पुस ३० गते २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । ३४ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जानकी फाइनान्सको बोनसपछि ४० करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासमा फाइनान्सले २७ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । फाइनान्सको सेयरमूल्य मंगलबार प्रतिकित्ता २२२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेकाे  छ ।

जानकी फाइनान्सले १८% बोनस वितरण गर्न पुस ३० गते डाक्यो साधारण सभा

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता ४९ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गुहेश्वरीको ४० प्रतिशत हकप्रदले समेत पाउने गरि १५.८० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेकाे छ । बाेनसपछि फाइनान्सकाे राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । 

बाेनस पारित गर्न फाइनान्सले पुस ३० गते कार्यालयमा बिहान ११ बजे १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । गुहेश्वरी मर्चेन्टको ४० प्रतिशत हकप्रद र १५.८० प्रतिशत बोनसपछि ८० करोड रुपैयाँ पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासमा कम्पनीले एक करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको सेयरमूल्य मंगलबार प्रतिकित्ता १९२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेकाे छ । 

गुहेश्वरी फाइनान्सले १० करोड ९१ लाख रुपैयाँको बोनस बाँड्ने, ८० करोड चुक्ता पूँजी पुग्याे

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।