नेप्से तथा कारोबार रकममा सामान्य सुधार, लगानीकर्ताको दौडधुप कायमै

Jan 02, 2018 merolagani

गएको दुई साता  निरन्तर गिरावट आएको सेयरबजारमा पछिल्ला दुई दिन सुधार देखिएको छ । सोमबार ४४ अंक बढीले उकालो लागेको नेप्से मंगलबार २.४४ अंकले बढेर १४३७ अंकमा पुगेको छ । कारोबारमा आएका अधिकांस समूहको सूचक ओरालो लागेपनि वाणिज्य बैंक समूहमा आएको दोहोरो अंकको सुधारले बजार सकारात्मक बनेको हो ।

निरन्तर बजार ओरालो लाग्न थालेपछि सेयरबजारका लगानीकर्ताहरु बजार सुधारको माग गर्दे अर्थमन्त्रालय र राष्ट्र बैंक धाउन थालेका छन् । नियमनकारी निकायबाट तत्काल बजार सुधार र विकासका कार्यक्रमहरु घोषणा नगरिए पनि लगानीकर्ताको मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएसँगै बजारमा सेयर किनबेचको क्रममा वृद्धि देखिन थालेको छ ।

सोमबार इन्भेष्र्टस फोरमको टोलीले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेर सेयरबजार सुधारका लागि पहल गर्न आग्रह गरेको थियो । अर्कातर्फ बैंकर्स संघले पनि तत्काल निक्षेपको ब्याजदर नबढाउने सहमति गरेकाले पनि बजारलाई टेवा पुर्याएको छ । त्यस्तै राष्ट्र बैंकले तरलता सहज गराउन बुधबार थप दश अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ ।

बजार खुल्नासाथ उकालो लागेकोे नेप्से केहीबरे रातो समेत भएको थियो । त्यसपश्चात पुन सुध्रिएको बजार १८ अंकसम्म माथि पुगेको थियो । तर बजार बन्द हुने समयसम्म आइपुग्दा करिब साढे दुई अंकले मात्र सकारात्मक बनेको हो ।

कारोबारमा आएका अधिकांस समूहको सूचक ओरालो लागेपनि वाणिज्य बैंक समूहमा आएको दोहोरो अंकको सुधार बजार सकारात्मक बनेको हो । यसदिन बैंकिङ १०, अन्य ४ र ट्रेडिङ समूह ०.०८ अंकले बढेका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१ अंकले राताम्मे भएको छ ।

यसदिन १६६ कम्पनीको ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ५ करोड बढी हो । बजार दुई अंकले बढ्दा समग्र बजार पूँजीकरण ३ अर्बले बढेर १६ खर्ब ७२ अर्ब कायम भएको छ । नेप्से सामान्य बढेपनि कारोबार रकममा आएको सुधारले पनि बजारप्रति लगानीकर्ताको विश्वास केही बढेको आँकलन गर्न सकिन्छ ।

मंगलबारको कारोबारमा सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्ड बैंकको साँढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु बैंकको पनि ३ करोड ७४ लाख बराबरको कारोबार भयो ।

मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् भने एभरेष्ट बैंकको प्रमोटर सेयरको मूल्य भने ६.६ प्रतिशतले ओरालो लागेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।