प्रिमियर इन्स्योरेन्सको एफपीओमा आवेदन गर्नु भयो ? आज अन्तिम दिन

Jan 03, 2018 merolagani

प्रिमियर ईन्स्योरेन्स (PIC)  ले निष्कासन गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही पुष १६ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्रीमा ल्याएको हो।

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीको एफपीओमा पुस १९ गतेसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।

इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।
एनएमबि क्यापिटलका अनुसार मंगलबारसम्म नौ लाख बढी कित्ताका लागि करिब ४९ हजार आवेदन परिसकेकोे छ ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । एफपीओ बिक्रीपछी इन्स्योरेन्सको चुक्ता पूँजी ६ करोड ५९ लाख ५६ हजार रुपैयाँले बढ्नेछ । त्यस्तै उसको जगेडाकोषमा ४६ करोड १० लाख रुपैयाँ जम्मा हुनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।