जानकी फाईनान्स र गुहेश्वरी मर्चेन्टको बोनसपछि सेयरमूल्य समायोजन

Jan 03, 2018 Merolagani

जानकी फाईनान्स (JFL) को १८ प्रतिशत तथा गुहेश्वरी मर्चेन्ट (GMFIL) को १५.८० प्रतिशत बोनस सेयर वितरणपछि बुधबार सेयरमूल्य समायोजन भएको छ । दुबै कम्पनीले बुधबार बुकक्लोज गरेकाले मंगलबारसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

नेप्सेले जानकी फाइनान्सको समायोजित सेयरमूल्य १८६ रुपैयाँ तथा औसत आधारमूल्य २३५ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ । जानकी फाइनान्सले पुस ३० गते २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

३४ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जानकी फाइनान्सको बोनसपछि ४० करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

त्यस्तै गुहेश्वरी फाइनान्सको समायोजित सेयरमूल्य १६८ रुपैयाँ तथा औसत आधारमूल्य २०० रुपैयाँ निर्धारण भएको जनाएको छ । बोनस पारित गर्न फाइनान्सले पुस ३० गते कार्यालयमा बिहान ११ बजे १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

४९ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गुहेश्वरीको बोनसपछि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

समायाेजित मूल्यलार्इ अाधार मानेर दुबै कम्पनीकाे सेयर काराेबार बुधबार खुल्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।