सेयर बजारमा मेगा र मेरोको थपियो दुई करोड ८६ लाख कित्ता सेयर

Jan 03, 2018 Merolagani

मेगा बैंक (MEGA) को ६५ प्रतिशत हकप्रद तथा मेरो माईक्रोफाइनान्स (MERO) को ३० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा र बुधबार सूचीकृत भएको छ । दुबै कम्पनीको गरि कुल दुई करोड ८६ लाख चार हजार २९५ कित्ता सूचीकृत भएको हो ।

बैंकले हकप्रदमा अवितरित भएको सेयर संख्यालाई छाडेर दुई करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ । बाँकी १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता हकप्रदसेयर भने लिलामी बाँडफाँडपछि बैंकले फेरी सूचीकृत गर्नेछ । 

मेगा बैंकले भदौ २७ देखि कात्तिक १४ गतेसम्म जारी गरेको ६५ प्रतिशत हकप्रद बराबरको दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद जारी गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता मेरो माईक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षमा वितरण गरेको ३० प्रतिशत बोनस बराबरको ६ लाख ६० हजार कित्ता बोनस सेयर पनि सोमबार नै सूचीकृत गराएको छ । इक्रोफाइनान्सको असोज ३० गते सम्पन्न साधारण सभाले ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।