नेपाल हाइड्रोले विशेष साधारणसभाका लागि पुस २६ गते बुक क्लोज गर्ने

Jan 03, 2018 Merolagani

नेपाल हाइड्रो डेभलपर कम्पनीले विशेष साधारणसभाका लागि पुस २६ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन पाउनेछन् ।

नेपाल हाइड्रो डेभलपरले माघ ४ गते महेश्वरी सदन नक्सालमा विशेष साधारण सभा डाकेको छ ।  विशेष साधारणसभा गर्न हाईड्रोले बुधबार नेप्से मार्फत बुक क्लोजको जानकारी गराएको हो । सभामा पुस १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालकको संख्या घटाउने प्रस्ताव पेश हुँदैछ ।

६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।