कर्णाली डेभलपमेन्टको हकप्रदपछि सेयरमूल्य समायोजन

Jan 04, 2018 Merolagani

कर्णाली डेभलपमेन्ट बैंक (KRBL) को सेयरमूल्य विहीबार समायोजन भएको छ । बैंकले जारी गर्न लागेको २२५ प्रतिशत हकप्रदलाई समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले हकप्रदलाई समायोजन गरि कर्णाली बैंकको सेयरमूल्य प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेको छ । विहिबार यहि मूल्यलार्इ अाधार मानेर बैंककाे सेयर काराेबार खुलेकाे छ ।

बैंकको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य १८७ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ ।

बैंकको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले साविकका शेयरधनीहरुलाई एक बराबर दुई दशमलव पाँचको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

बैंकले हकप्रद निष्काशनका लागि विहीबार शेयरधनी पुस्तिका बन्द गरेकाले बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको असार ३ गते सम्पन्न विशेष साधारण सभाले २२५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । १५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कर्णालीको ३३ करोड ९७ लाख ५० हजार रुपैयाँको हकप्रद विक्रीपछि ४९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।