एसबिआई बैंककाे १५.४२ प्रतिशत बाेनस पारित

Jan 04, 2018 merolagani

नेपाल एसबिआई बैंक (SBI)ले १५.४२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाण्डौमा बसेकोबैंकको २४ औं साधारणसभाले कर प्रयोजनको लागि ०.८१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

 

साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रूपैयाँ छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ५ करोड रूपैयाँ नाघ्नेछ ।

बैंकले चालू आवको प्रथम त्रैमासमा ४३ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रूपैयाँ १८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।