एक अर्बको म्युचअल फण्ड माघ २ गतेदेखि विक्रीमा आउने

Jan 05, 2018 Merolagani

एनआईसी एसिया बैंक (NICA) को सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको १० करोड इकाईको म्युचअल फण्ड माघ २ गतेदेखि निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्ड नामको ईकाई विक्रीमा ल्याउने लागेको हो ।



याे सामुहिक लगानी कोष सात बर्षे बन्दमुखी योजना हाे । क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको दश करोड ईकाइ बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात एक करोड पचास लाख इकाई कोष प्रबद्धक एनआइसी एशिया बैंक र क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी आठ करोड ५० लाख इकाई सर्वासाधारणलाई बिक्री गरिने क्यापिटलले जनाएको छ ।

फण्डमा आस्वा सदस्यमा सहभागि सबै वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । न्यूनतम एक सय इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था छ । बढी माग आवेदन परेमा फण्डको आकार २५ प्रतिशतसम्म बढाउन सकिने व्यवस्था रहेको छ । फण्डमा आवेदन गर्ने अन्तिम दिन माघ ८ गते रहेको छ ।

साधारण शेयर प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य प्रति इकाई दश रुपैयाँ रहने गर्छ । शेयर बजारलाई थप विविधिकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ । लगानीकर्तालाई उच्च प्रतिफल दिने र बजारलाई थप फराकिलो बनाउन म्याचुल फण्डको कारोबार गर्न लागिएको सम्बन्धित कम्पनीको भनाइ छ ।

उक्त फण्ड जारी गर्न धितोपत्र बोर्डले पुस ११ गते अनुमति प्रदान गरेको थियो । पछिल्लो समयमा धितोपत्र बजारमा फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत थप आकर्षण बढ्दै गएको छ ।

हाल बजारमा १२ वटा यस्ता सामूहिक लगानी कोष सञ्चालनमा रहेका छन् । सिबिआईएल क्यापिटलले भर्खरै मात्र स्विकृति पाएको छ भने पुस ९ गतेदेखि सिद्धार्थ लगानी वृद्धि योजना १ को अवधि समाप्त भएको छ । ग्लोबल आईएमई क्यापिटल र एनआईबिएल क्यापिटल सामूहिक लगानी कोष सञ्चालन अनुमतिका लागि पाईपलाइनमा रहेका छन् । यो फण्ड चालू आर्थिक बर्षको तेस्रो सामूहिक लगानी कोष हो । यसअघि सानीमा र सिद्धार्थ इक्वीटी फण्ड जारी भैसकेका छन् ।

एनआईसी क्यापिटलले शेयर निष्काशन तथा विक्रीप्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।