पोखरा फाइनान्सले घोषणा गर्यो बोनस

Jan 05, 2018 Merolagani

पोखरा फाइनान्स कम्पनी (PFL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको विहीबार सम्पन्न ४३९ औं बैठकले सो घोषणा गरेको हो । फाइनान्स कम्पनीले १५% हकप्रद विक्री गर्दैछ । हकप्रदलार्इ समायाेजन हुँदा बाेनस दर ८.२६ प्रतिशतमा घट्नेछ । 

फाइनान्स कम्पनीले चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार रुपैयाँको ९.५ प्रतिशतले हुन आउने ६ करोड २२ लाख ९९ हजार ९०७ रुपैयाँको बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशतले हुन आउने ३२ लाख ७८ हजार ९४२ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

बोनसपछि फाइनान्सको चुक्ता पूँजी ७१ करोड ८० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले १५ प्रतिशत बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद पुस ३० गतेदेखि विक्री गर्देछ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।