तरलताको अवस्था सहज हुँदा पनि कर्जा विस्तार गर्न नसक्ने अवस्थामा बैंकहरु

Jan 05, 2018 merolagani

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भएपछि नेपाल राष्ट्र बैंकले यो साता पाँच दिनमा २५ अर्ब रुपैयाँ वित्तीय बजारमा पठाइसकेको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम बजारमा पठाएको हो । तर बैंकहरु भने अझै कर्जा विस्तार गर्ने अवस्थामा पुगेका छैनन् ।

 

आइतबार राष्ट्र बैंकले बजारमा पठाउने दश अर्ब समेत गर्दा आठ दिनको अवधिमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ३५ अर्ब रुपैयाँ दिनेछ । यो रकम लग्दा समेत बैंकहरु कर्जा विस्तार गर्ने अवस्थामा भने पुग्ने छैनन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल अहिले बैंकहरुमा तरलताको समस्या नरहेको तर बैंकहरु थप कर्जा विस्तार गर्ने अवस्थामा नरहेको बताउछन् । राष्ट्र बैंकलाई विकास ऋणपत्र विक्री गरेर बैंकहरुले लगेको रकमले कर्जा विस्तारमा सहयोग नपुग्ने उनको भनाई छ ।

'अहिले आफुसँग रहेको विकास ऋणपत्र बिक्री गरेर बैंकहरुले जुन पैसा ल्याएका छन यसबाट कर्जा दिन पाइदैन,राष्ट्र बैंकले दिएको रकम अन्य तरल सम्पत्तिमा मात्र लगानी गर्न सकिन्छ, यसले कर्जा योग्य रकमलाई सहयोग गर्देन,अन्तर बैंक ब्याजदर चाँही घटाउछ ।', दाहालले भने ।

राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलका अनुसार बुधबारसम्ममा बैंक तथा वित्तीय संस्थासँग ४७ अर्ब रुपैयाँ तरलता छ ।  'यो सहज अवस्था हो, आइतबार दश अर्ब पठाउँदा झन सहज होला । सिसिडि रेसियोको कारणले क्रेडिट क्रन्च आयो भन्छन भने त्यो त बैंकहरुको राम्रो अभ्यास भएन, बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गर्दा यस्तो अवस्था आयो, कर्जा परिचालनमा ध्यान दिन आवश्यक छ ।' पौडेलले भने ।

सानिमा बैंकका सिईओ  दाहालका अनुसार अझै पनि बैंकिग प्रणालीमा करिब ६० अर्ब कर्जायोग्य रकम छ । औषतमा बैंकहरुको सिसिडि रेसियो ७९ प्रतिशत पुगिसकेको छ ।

'राष्ट्र बैंकले चाह्यो भने सिसिडि रेसियो दुई प्रतिशत बढाउन सक्छ । अर्को कुरा वासेल थ्री कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ,' उनले भने ।

त्यस्तै सरकारको ढुकुटीमा विभिन्न शिर्षकमा रहेका फण्डहरुबाट सर्टटर्मको रुपमा पुर्नकर्जा दिन सकेमा क्रेडिट क्रन्चको अवस्था नरहने दाहालको भनाई छ । नेपालको सन्दर्भमा वित्तीय प्रणालीमा १५/१६ प्रतिशत तरलता व्यवस्था गर्दा हुनेमा अहिले २५ प्रतिशत सम्म गर्नुपरेको छ । यसले पनि समस्या आएको हो । तत्काल पुर्नकर्जाकोषको रकम बढाएमा बैंकहरुलाई राहात मिल्ने दाहालले बताए ।

यता राष्ट्र बैंक र अर्थमन्त्रालयद्धारा गठित समितिले क्रेडिट क्रन्चको समस्या हल गर्ने उपायहरुको अध्ययन गरिरहेको छ । सरकारसँग ढुकुटीमा भएको पैसा केही कुनै उपायबाट बजारमा ल्याउन सकिन्छ कि भन्नेमा छलफल चलिरहेको छ । कानुनी रुपमा भएका व्यवस्थाहरुका बिषयमा अध्ययन भइरहेको छ । राष्ट्र बैंक स्रोतले भन्यो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।