कुमारी बैंकको २०% हकप्रद धितोपत्र बोर्डको पाइपलाइनमा

Jan 06, 2018 Merolagani

कुमारी बैंक (KBL) ले चुक्ता पूँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँको २०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । बैंकले दश बराबर दुई अनुपातमा एक करोड १९ लाख ३८ हजार ९९१ दशमलव ६५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

अघिल्लो आर्थिक बर्षको चैत ९ गते सम्पन्न १६ औं बार्षिक साधारण सभाले हकप्रद निष्कासन प्रस्ताव पारित गरेको थियो ।

कुमारीले हकप्रद विक्री गर्न एनआइबिएल क्यापिटल मार्केटलाई विक्री प्रबन्धक तोकेको छ । चार संस्थालाई एक्वायर गरेर असार १२ गतेदेखि एकीकृत कारोबार गरेको बैंकले राष्ट्र बैैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८ अर्ब कायम गर्न हकप्रद निष्काशन गर्न लागेको हो ।

२० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुग्नेछ । अपुग रकम बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर पुरा गर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले चालु आवको पहिलो त्रैमासमा ११ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।