प्रभु बैंकसहित पाँच कम्पनीको सेयरमूल्य एकैदिन समायोजन

Jan 07, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले आईतबार प्रभु बैंकसहित पाँच कम्पनीको सेयरमूल्य एकैदिन समायोजन गरेको छ । दुई कम्पनीको हकप्रद तथा तीन कम्पनीको बोनसपछि आईतबार सेयरमूल्य समायोजन भएको हाे ।

प्रभु बैंक र लुम्बिनी विकास बैंकले जारी गर्न लागेका हकप्रदलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको छ ।
सप्तकोशी र कञ्चन डेभलपमेन्ट बैंक तथा अपि पावर कम्पनीको गत आर्थिक बर्षको नाफाबाट वितरण गरेका बोनसलाई समायोजन गरि मूल्य कायम गरिएको छ ।

आइतबार पाँचै कम्पनीको सेयर कारोबार समायोजन भएको मूल्यलाई आधार मानेर खुला हुनेछ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यस अाधारमा गत विहीबारसम्म कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीकाे बाेनस तथा हकप्रद पाउनेछन् भने अाइतबार समायाेजन पछिकाे मूल्यमा सेयर किनेर सेयरधनी बन्नेले भने बाेनस तथा हकप्रद पाउँदैनन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।