हाल कम्पनीको चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ४० करोड ६ लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री गर्ने फाइनानसका प्रमुख कार्यकारी अधिकृत भबानी शंकर चापागाञीले जानकारी दिए ।
कम्पनीले सभामा मर्जर तथा एक्वीजिशनका सबै कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै अधिकृत पूँजी एक अर्ब कायम गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।
हकप्रद शेयर र चालु वर्षको मुनाफाबाट चुक्ता पूँजी अस्सी करोड पुरागरी राष्टिय स्तरको बित्तीय संस्था हुने लक्ष्य लिएको छ । चालु वर्षमा सिर्जनाले बिराटनगरको रानी, सुनसरीको ईटहरी, धरान र सप्तरीको बोदेबर्साईनमा आफ्नो शाखा कार्यालय र थप ६ बटा एटिएम सञ्चालनमा ल्याउदैछ ।