धितोपत्र बोर्डले एसियनलाई २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता ८० करोड ५५ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाको हकप्रद अनुमति मागेको थियो । उक्त हकप्रद निष्काशन पश्चिात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैंया पुग्नेछ ।
विमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५४ पैसा छ ।
हाल कम्पनीले ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिदै आएको छ ।