ग्रिनलाईफ हाईड्रोपावर पनि आईपीओ ल्याउने तयारीमा

Jan 08, 2018 Merolagani

ग्रिनलाईफ हाईड्रोपावर कम्पनीले पनि आईपीओ ल्याउने भएको छ । कम्पनीले पुस ३० गते डाकेको आठौं बार्षिक साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव गरेको छ ।

 कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितलाई सेयर जारी गर्ने  र त्यसपछि सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव गरेको छ । साधारण सभाबाट प्रस्ताव अनुमोदनपछि कम्पनीले प्रकृया अगाडि बढाउनेछ ।

पुस ३० गते दिउँसो २ बजे बोलाएको साधारण सभामा कम्पनीले आर्थिक बर्ष २०७३/७४ को नाफा नोक्सान लगायतको वित्तीय विवरण सहित बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र सञ्चालकको नियुक्ति गर्ने लगायतका रहेका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।