सेयरबजारले सुधारको लय समात्दा नेपाल लाइफमा किन तानिए लगानीकर्ता ?

Jan 08, 2018 merolagani

साताको पहिलो दिन आइतबार ७ अंकले बढेको नेप्से परिसूचकमा दोस्रो दिन सोमबार दोहोरो अंकको सुधार आएको छ । कारोबारमा आएका होटल बाहेक अधिकांस समूहको समूहगत उपसूचक सकारात्मक रहेपछि कारोबार रकममा समेत सुधार आएको छ ।

सोमबार नेप्से १२ अंकले बढेर १४ सय ४३.८० अंकको बिन्दूमा पुगेर बन्द भएको छ । यसदिन १५७ कम्पनीको ४६ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको हो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १० करोड बढी हो । आइतबार सेयरबजारमा ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ८ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आइतबार पनि नेपाल लाइफको पाँँच करोड बढीको कारोबार भएको थियो । सेयरबजारले सुधारको बाटो समात्दै गर्दा बजारमा तुलनात्मक रुपमा अन्य कम्पनी भन्दा बलियो मानिएको नेपाल लाइफप्रति लगानीकर्ता तानिएका छन् । सर्वसधारण लगानीकर्ता मात्र होईन म्युचल फण्डहरुको रोजाईमा समेत नेपाल लाइफ पर्दा उच्च कारोबार भएको एक लगानीकर्ताले बताए ।

नेपाल लाइफले गतबर्षको मुनाफाबाट लाभांस घोषणा गर्न बाँकी छ । गतबर्ष एफपीओ बिक्री गरेर जगेडाकोष बलियो बनाएको कम्पनीले आर्कषक बोनस दिने आँकलन गर्दे कम्पनीको सेयरमा लगानीकर्ताको आर्कषण देखिएको अर्का एक लगानीकर्ताले बताए । यता कम्पनीले भने लाभांसका बिषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । तीन अर्ब ९ करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ८६ करोड रुपैयाँ छ ।

१२ अंकले नेप्से बढ्दा समग्र बजार पूँजीकरण १४ अर्बले बढेर १६ खर्ब ८६ अर्ब कायम भएको छ ।

यसदिन होटल समूहका बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक १२२ अंकले बढेको छ । होटल समूहको सूचक १७ अंकले ओरालो लागेको छ ।

मल्टीपरपोज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । फाइनान्सको सेयरमूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । एशियन लाइफ इन्स्योरेन्स, सहयोगी विकास बैंक, सेन्ट्रल फाइनान्स, नेपाल हाइड्रो लगायतको सेयरमूल्य बढेको छ । यसदिन एनआइबिल प्रगति फण्ड, फस्र्ट माइक्रोफाइनान्सका संसथ्पाक सेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका बढीले गुमाएका छन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।