बिओकेको पनि हुने भयो आफ्नै मर्चेन्ट बैंक, काठमाडौं क्यापिटल किन्यो

Jan 08, 2018 merolagani

बैंक अफ काठमाण्डु (BOKL) को पनि आफ्ने मर्चेन्ट बैंक हुने भएको छ । बैंकले काठमाडौं क्यापिटल मार्केटको दुई तिहाई प्रमोटर शेयर खरिद गरेको छ । यस शेयर खरिद पश्चात बैंकले उक्त कम्पनी मार्फत मर्चेन्ट बैकिंङ्ग सम्बन्धी सुविधाहरु प्रदान गर्ने भएको छ ।



काठमाडौं क्यापिटल मार्केट घितोपत्र बोर्ड द्वारा लाइसेन्स प्राप्त मर्चेन्ट बैकिंङ्ग कम्पनी हो ।

बैंकको तर्फबाट काठमाडौं क्यापिटल मार्केट्सको संचालक समितिको अध्यक्षमा चेतन वर सिंह थापा तथा सदस्यहरुमा महेश मिश्र र दीपक गौतम मनोनित भएका छन् । यस शेयर खरिद पश्चात बैंकले उक्त कम्पनी मार्फत मर्चेन्ट बैकिंङ्ग सम्बन्धी सुविधाहरु प्रदान गर्ने सक्नेछ ।

बैंकले आर्थिक वर्षको चालु आर्थिक बर्षको प्रथम त्रैमासिकको अन्त्य सम्ममा ६९ अर्ब १५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको जनाएको छ । । बैंकले हाल ७२ शाखा, ७२ एटीम, ८ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बिन्दुहरुबाट सम्पुर्ण बैकिंङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि ३२ करोड रुपैयाँ चुक्ता पुँजीसहित काठमाडौं क्यापिटल लिमिटेडको स्थापना भएको थियो । कम्पनीले जलविद्युत, पूवार्धार तथा पुँजीबजारको क्षेत्रमा लगानी गर्ने बताइएको छ ।

कम्पनीले निकट भविष्यमा ३० प्रतिशत सेयर जारी गर्ने लक्ष्य लिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।