गुहेश्वरी मर्चेण्टको सेयर लिलामीको बोलपत्र बुधबार खुला हुने

Jan 09, 2018 Merolagani

गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स (GMFIL) ले पुस १३ गतेदेखि २० गतेसम्म लिलामी गरेको सर्वसाधारण समूहको ४५ हजार ८७६ कित्ता सेयरको बोलपत्र पुस २६ गते बुधबार खुला गर्ने भएको छ ।

फाइनान्सले सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लाजिम्पाटमा दिउँसो २ बजे खुला गर्ने जनाएको छ । 

फाइनान्सले कात्तिक १२ देखि मंसिर १८ गतेसम्म ४० प्रतिशत बराबरको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद बिक्री गर्दा अवितरित सेयरलाई लिलामी मार्फत बेचेको हो ।

४९ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको लिलामी सेयर बिक्रीपछि ६९ करोड ८ लाख ७५ हजार ६९ रूपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

१५.८० प्रतिशत बोनस वितरण गर्न कम्पनीले यहि पुस ३० गते १६ आैं बार्षिक साधारण सभा डाकेको छ । बोनसपछि फाइनान्सको पूँजी ८० करोड पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासमा कम्पनीले एक करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।