विजय लघुवित्तले सेयरधनीले भन्यो:- 'लाभांश पाउन बैंक खाता अद्यावधिक गर्नुहोस्'

Jan 09, 2018 Merolagani

विजय लघुवित्त(VLBS) ले आफ्ना सेयरधनीलाई आफ्नो बैंक खाता अद्यावधिक (अपडेट) गराउन सूचना जारी गरेको छ । कम्पनीको गत मंसिर १६ गते सम्पन्न पाँचौ बार्षिक साधारण सभाबाट पारित पाँच प्रतिशत नगद लाभांश सेयरधनीको खातामा नै प्रदान गर्न खाता अद्यावधिक गराउन आह्वान गरेको हाे ।

कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल क्यापिटलले आफ्नो हितग्राही (डिम्याट) खातामा कात्तिक ३० गतेसम्म बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई नगद लाभांश बैंक खातामा पठाईसकेको जनाएको छ ।

बाँकी सेयरधनीलाई समेत बैंक खाता अद्यावधिक गराएपछि पठाईने क्यापिटलले जनाएको छ । हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीलाई सेयर डिम्याट गराएपछि मात्र नगद पठाइने भएकाले छिटो सेयर डिम्याट गराउन  समेत क्यापिटलले भनेको हो । 

साथै विगत बर्षमा वितरण गरिएका बोनस तथा नगद लाभांश संकलन नगर्ने सेयरधनीलाई समेत क्यापिटलको कार्यालय लाजिम्पाटमा सम्पर्क गरि संकलन गर्न सूचना जारी गरिएको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।