धमाधम बोनस सेयर सूचीकृत हुँदै, मंगलबार मात्र थपियो तीन करोड ३७ लाख कित्ता

Jan 09, 2018 Merolagani

साधारण सभा सम्पन्न गरि गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेका बैंक तथा वित्तीय संस्थाले बोनस सेयर सूचीकृत गर्न थालेका छन् । मंगलबार मात्र नबिल बैंक, सानिमा बैंक, टुरिजम् डेभलपमेन्ट बैंक र ङादी ग्रुप पावरको बोनस सेयर सूचीकृत भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकले यसअघि जारी गरेको ५० प्रतिशत हकप्रद सूचीकृत गराएको हाे ।

 

साधारण सभा सम्पन्न गरिसकेका विभिन्न कम्पनीहरूले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकरण गराउने क्रम बढ्दै गईरहेको छ । अघिल्ला बर्षहरुमा साधारण सभाले पारित गरेको बोनस एक बर्षसम्म सेयरधनीलाई वितरण नहुने अवस्थामा रहेकोमा धितोपत्र बोर्डले अभौतिक सेयर मात्र कारोबार हुने र मर्चेन्ट र्बैंकरलाई बोनस सेयर सेयरधनीको हितग्राही खातामा नै सिधै पठाउन निर्देशन दिएपछि सेयरधनीले छोटो समयमा नै लाभांश प्राप्त गर्न थालेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।