किसान माइक्रोले २० प्रतिशत बोनस पश्चात ५० प्रतिशत हकप्रद बिक्री गर्ने

Jan 09, 2018 merolagani

किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMFL) ले गतबर्षको बोनस पश्चात कायम पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीको कैलालीमा सम्पन्न पाँचौ बार्षिक साधारण सभाले २०.१२५ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।



गतबर्ष मात्रै २४ हकप्रद सेयर बिक्री गरेर चुक्ता पुँजी ४ करोड रुपैयाँ पुर्याएको किसान माइक्रोले पुन हकप्रद बिक्री गर्ने भएको हो । बोनसपछि कम्पनीको पूँजी ४ करोड ८० लाख पुग्छ । त्यसपश्चात ५० प्रतिशत हकप्रद बिक्री गर्दा ७ करोड २० लाख ७५ हजार पुग्नेछ ।

यसैगरी, साधारण सभाले ‘क’ समूहका सेयरधनीको तर्फबाट नेत्र बहादुर जोशी, मृगेन्द्र बहादुर विस्ट, चक्रपाणी सापकोटा र खेमाराज न्यौपानेलाई संचालक चयन गरेको छ । त्यसपश्चात बसेको संचालक समितिले नेत्र बहादुर जोशीलाई अध्यक्ष नियुक्त गरेको कम्पनीले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।