नेप्से र कारोबारमा आएको लगातारको सुधार बजारका लागि सकारात्मक

Jan 09, 2018 merolagani

यसकारण दश प्रतिशतले घट्यो एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य
यस साताको पहिलो दिनदेखि निरन्तर उकालो लागेको सेयरबजार तेस्रो दिन मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ । पछिल्ला दुईदिन नेप्सेमा आएको दोहोरो अंकको सुधार र कारोबार रकममा समेत आएको बढोत्तरीले बजारमा आसा जगाएको छ ।

तीन दिनको अवधिमा नेप्से झण्डै ३२ अंकले उकालो लागेको छ । मंगलबारको बजारमा उत्पादन बाहेक सबै समूहको समूहगत उपसूचक सकारात्मक रहेपछि बजार बढेको हो । 

मंगलबार नेप्से १२.२७ अंकले बढेर १४५६.०७ अंकको बिन्दूमा पुगेर बन्द भएको छ ।

यसदिन १५८ कम्पनीको ५० करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको हो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा ४ करोड बढी हो ।सोमबार सेयरबजारमा ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १२.२७ अंकले नेप्से बढ्दा समग्र बजार पूँजीकरण १४ अर्बले बढेर १७ खर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्च नेप्सेले सरकारी कोषमा रहेको ४ खर्ब ५ अर्ब रुपैयाँ पूँजीबजार मार्फत परिचालन गर्ने तथा वास्तविक क्षेत्रलाई पूँजी बजारमा ल्याउन पहल शुरु गर्ने लगायतका खबरहरुले पनि बजारलाई टेवा दिएको छ ।

नेप्सेले सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा आकर्षित गराउने पहल थालेको जनाएको छ । 

सरकारी कोषमा रहेको ४ खर्ब ५ अर्ब रुपैयाँ पूँजीबजार मार्फत परिचालन गरिने

यसदिन पनि नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढीको सेयर किनबेच भयो । नेपाल लाइफको ६ करोड ३६ लाख बराबरको किनबेच भएको छ । सानिमा माइ हाइड्रोको पनि साढे पाँच करोड बढीको सेयर किनबेच भयो ।
यसदिन बेस्र्ट फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढीले बढेको छ । दिव्यश्वरी हाइड्रो र मिशन डेभलपमेन्टको सेयरमूल्य पनि पाँच प्रतिशत बढीले उकालो लागेको छ ।

यसकारण दश प्रतिशतले घट्यो एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य

यता एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य झण्डै दश प्रतिशतले घटेको छ । ६०० प्रतिशत हकप्रद बिक्री गर्ने तयारी थालेको कम्पनीको हकप्रदको परिणाम घट्न सक्ने भएपछि कम्पनीको सेयरमूल्य ओरालो लागेको हो ।

मंगलबार एभरेष्टका लगानीकर्ताले प्रतिकित्ता २४३ रुपैयाँ गुमाएका छन् । सोमबार एभरेष्टको सेयर मूल्य २ हजार ४३३ रुपैयाँ थियो । मंगलबार घटेर २ हजार १९० रुपैयाँ भएको छ ।

संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् ।

गत असारमा चार आर्थिक बर्षको एकसाथ साधारणसभा गर्दे एभरेष्टले २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले साधारण सभाको निर्णय अनुसार भदौ २३ गते हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । तर त्यसमा धितोपत्र बोर्डले अझै स्वीकृत दिएको छैन् । 

तर आधिकारीक रुपमा कम्पनी र धितोपत्रबोर्डबाट यस बिषयमा निर्णय सार्वजनिक भएको छैन । सेयरबजार र लगानीकर्ताबिचमा भने कम्पनीको हकप्रदको परिणाम कम हुने हल्लाले ब्यापकता पाएको छ । 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।