सिभिल बैंकले बढायो हकप्रद भर्ने समय

Jan 10, 2018 Merolagani

सिभिल बैंक (CBL) ले ४० प्रतिशत हकप्रदमा आवेदन दिने म्याद १५ दिन थप गरेको छ । बैंकले यसअघि पुस २७ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेकोमा अबभने सेयरधनीले माघ १२ गतेसम्म आवेदन गर्न सक्ने भएका छन् ।

सिभिलले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता हकप्रद शेयर मंसिर २२ गतेदेखि बिक्री गरेको हो ।

बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि मंसिर ५ गते सेयरधनी पुस्तिका बन्द गरेकाले मंसिर ४ गते सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन ।

बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । सेयरधनीले बैंककको हकप्रद लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, सिभिल क्यापिटलको कार्यालय सुन्धारा, सिभिल बैंकका सबै शाखा, र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

५ अर्ब १८ करोड चुक्तापूँजी रहेको बैकको हकप्रदपछि चुक्तापूँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिलले ११ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषको सदुपयोग गरी बैंकले चुक्ता पूँजी ८ अर्ब पुर्याउनेछ । बैंकको सेयरमूल्य मंगलबार प्रतिकित्ता १८५ रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।