पञ्चकन्या माई हाइड्रोको साधारण सेयर माघ ५ गतेदेखि खुल्ने,कसले गर्न पाउँछ आवेदन ?

Jan 10, 2018 Merolagani

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (PMHL) ले माघ ५ गतेदेखि इलामका स्थानिय बासिन्दालाई साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

पञ्चकन्या माई हाइड्रोले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गर्न लागेको हो । स्थानीयलाई सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि दोस्रो चरणमा कम्पनीले फेरी १० प्रतिशत बराबरको सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

अहिले जारी गर्न लागेको ११ लाख कित्ता सेयरमध्ये इलाम जिल्लाको सन्दकपुर गाउँपालिका बासीलाई ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका स्थानियलाई ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सेयर रहेको छ ।

स्थानियले सनराइज बैंक र प्रभु बैंकका इलाम शाखा, सन्दकपुर गाउँपालिकाको कार्यालय तथा पञ्चकन्या माईको साइट कार्यालयबाट समेत आवेदन गर्न सक्नेछन् । सेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । साधारण सेयरमा आवेदन गर्ने अन्तिम दिन माघ १९ गते रहेको छ ।

साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा बिक्री प्रबन्धकको जिम्मेवारी तोकेको छ ।

पञ्चकन्या माई हाइड्राको अधिकृत पूँजी एक अर्ब ९५ करोड रुपैयाँ तथा जारी पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा छ ।

त्यस्तै कम्पनिकाे  बनाउँदै गरेकाे ६ दशमलव १ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।