एनआईसी एशियाको ३ अर्बको ऋणपत्र बाँडफाँड

Jan 10, 2018 Merolagani

एनआईसी एशिया बैंकले निष्काशन गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले मंगलबार ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले पुस १३ देखि पुस २१ गतेसम्म ३ अर्ब रुपैंयाको ऋणपत्र निष्काशन गरेको थियो । एन आई सी एशिया डिबेन्चर २०८१/८२ का लगानीकर्ताले अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् ।

विगतको दशक देखी बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गरी ७ वर्षका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा बैंकले छानेको हो ।

यो ऋणपत्र नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको रहेको बैंकको दाबी छ । ऋणपत्रले पूँजी बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ ।

निकट भविष्यमा नै उक्त ऋणपत्र नेपाल स्टक एक्स्चेञ्जमा सुचिकरण गराई दोस्रो बजारमा किनबेच गराउने बैंकले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।