नेपाल इन्स्योरेन्सले घोषणा गर्यो बोनस, हकप्रदले समेत पाउने

Jan 10, 2018 Merolagani

नेपाल इन्स्योरेन्स कम्पनी (NICL) ले गत आर्थिक बर्षको सञ्चित नाफा र सेयर प्रिमियमबाट शतप्रतिशत हकप्रदले समेत पाउने गरि सेयरधनीलाई बोनस वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँको ४.५३ प्रतिशत बोनस (एक करोड ३६ लाख ६१ हजार ४८४ रुपैयाँ ९७ पैसा) तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ७ लाख १९ हजार २५ रुपैयाँ ५३ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको हो ।


इन्स्योरेन्सको शतप्रतिशत हकप्रद धितोपत्र बोर्डको पाइपलाईनमा रहेकाले बोनस सेयरलाई समेत वितरण गर्दा बोनस बोनस दर २.२६ प्रतिशत कायम हुने कम्पनीले जनाएको छ ।

शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बिमा कम्पनीहरुले एक अर्ब न्यूनतम चुक्ता पूँजी कायम गनुपर्ने भएकाले कम्पनीलाई अझ ३८ करोड रुपैयाँ बढी पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

 चालु आर्थिक बर्षको पूथम त्रैमास अवधिमा कम्पनीले दुई करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक ३५ रुपैयाँ १० पैसा कायम गरेको छ । कम्पनिकाे सेयरमूल्य बुधबार प्रतिकित्ता १३८० रूपैयाँमा काराेबार भएकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।