फर्स्ट माइक्रोफाइनान्सले हकप्रद जारी गर्न तोक्यो बुक क्लोज

Jan 10, 2018 Merolagani

फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था (FMDBL) ५० प्रतिशत हकप्रद जारी गर्न माघ ९ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यस आधारमा माघ ८ गतेसम्म कम्पनीको सेयरधनी कायम रहेकाले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

फर्स्ट माइक्रोफाइनान्सले दुई बराबर एक अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद धितोपत्र बोर्डबाट पुस २३ गते स्वीकृत भएको थियो । 

लघुवित्तको हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । हाल ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फस्र्टको हकप्रद जारी पश्चात ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीले दुई करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ कायम गरेको छ । कम्पनीको सेयरमूल्य बुधबार प्रतिकित्ता ८५० रुपैयाँमा कारोबार भएको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर गत भदौ २७ गतेसम्म डिम्याट गरेका सेयरधनीहरुको खातामा नै मंसिर २७ गतेदेखि जम्मा गरिएको समेत जनाएको छ । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।