स्ट्याण्डर्ड चार्टर्डको शतप्रतिशत बोनस पारित

Jan 10, 2018 Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) को बुधबार सम्पन्न कम्पनीको ३१ औँ बार्षिक साधारणसभाले सेयरधनीलाई शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले एफपीओबाट संकलित प्रिमियम र गत आवको नाफाबाट सेयरधनीलाई एक बराबरक एक कित्ता बोनस सेयर वितरण गरेकाे हो । 



बैंकको आर्मी अफिसर्स क्लब भद्रकालीमा बुधबार सम्पन्न साधारण साधारणसभामा सम्बोधन गर्दै बैंकका अध्यक्ष जितेन्दर अरोराले नेपालको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभाले बोनसमा लाग्ने कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लभांश समेत अनुमोदन गरेको छ भने अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेकाे छ ।

४ अर्ब ५७ लाख १५ हजार रुपैयाँ रहेको चाटर्डको शतप्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड १४ लाख रुपैयाँ पुगेको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे । सो अवधिमा कम्पनीको व्यवसाय २५ प्रतिशतले वृद्धि भएर ३९ अर्ब ७३ करोड रुपैयाँ पुगेको थियाे ।

चालु आवको पहिलो त्रैमासमा बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४८ रुपैयाँ कायम गरेको छ । एफपीओ विक्रीपछि बैंकमा स्ट्याण्डार्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र साधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व कायम भएकाे छ ।

सबै  वाणिज्य बैंकहरुले हकप्रद विक्री गरेर अपुग रकम बोनस वितरण गरेर राष्ट्र बैंकले ताेकेकाे न्यूनतम चुक्त्ता  पूँजी  ८ अर्ब पुर्याएपनि चार्टर्ड बैंकले भने बोनसबाटै पूँजी कायम गर्ने  पहिलाे बाणिज्य बैंक बनेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।