अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले खरिद गरेको थियो। हाथवेले खरिद गरेको अरुण फाइनान्सको नाम तथा लोगो परिवर्तन गरेर हाथवे फाइनान्स बनाउन लागिएको हो ।
धरानमा सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पूँजी ३० करोड रुपैयाँको १८० प्रतिशत हकप्रद जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । १८० प्रतिशत हकप्रद सेयर जारी गरेर पूँजीकरण गरेपछि संस्थाको चुक्ता पुँजी ८४ करोड पुग्नेछ ।
साथै कम्पनीले मर्जर तथा एक्वीजिशन गर्न आवश्यक सम्पुर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान समेत गरेको छ । त्यस्तै सभाले संस्थाको सेयर स्वामित्व संस्थापकतर्फ ६० र सर्वसाधारणतर्फ ४० प्रतिशत रहेकोमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयर ५१ र सर्वसाधारण सेयर ४९ प्रतिशत कायम गर्ने भएकोे छ ।
समस्याग्रस्त संस्थाको चुक्ता पूँजी पुर्याउने सिमा राष्ट्र बैंकले ०७६ मंसिरसम्म तोकको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।
साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अम्बिका प्रसाद पौडेल, लिलानाथ अधिकारी र प्रकाश तिवारीलाई संचालकमा निर्वाचित गरेको छ।