विश्वका सबैभन्दा धनी व्यक्ति बने अमेजनका मालिक, कति होला उनको सम्पति ?

Jan 11, 2018 merolagani

अमेजनका संस्थापक जेफ बेजोस १०५.१ अर्ब डलरका साथ हालसम्मको सबैभन्दा धनी व्यक्तिका रुपमा चिनिएका छन् । बेजोसको सम्पत्तिले माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्तिको रेकर्डलाई तोडिदिएको छ ।

बेजोसले गत अक्टोबर महिनामा नै सबैभन्दा धनी मानिएका बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी व्यक्तिका रुपमा आफ्नो स्थान बनाएका थिए । उनको त्यसबेलाको कुल सम्पत्ति ९३.८ मिलियन डलर पुगेको थियो ।

३१ बर्षीया बिल गेट्स माइक्रोसफ्ट सार्वजनिक गरेसँगै सन् १९८७ मा विश्वकै सबैभन्दा कम उमेरमा नै अरबपतिको सूचीमा सामेल भएका थिए । त्यस्तै सन् १९९५ मा ३९ बर्षको उमेरमा नै उनी विश्वको सबैभन्दा धनी व्यक्तिका रुपमा छानिएका थिए । त्यसबेला उनको कुल सम्पत्ति १२.९ बिलियन डलर रहेको थियो ।

बेजोसको सम्पत्तिको ठूलो हिस्सा अमेजनबाट आएको छ । अमेजनमा रहेको उनको सेयर संख्या ७ करोड ८९ लाख रहेको छ । सोमबार अमेजनको सेयरको मूल्यमा १.४ प्रतिशतले वृद्धि भएको थियो । यो वृद्धिसँगै उनको कुल सम्पत्तिमा १.४ अर्ब डलरको वृद्धि भएको थियो ।

यो वर्षको हालसम्मको अवधिमा अमेजनको सेयरमा झन्डै ७ प्रतिशतको वृद्धि भएको छ । गत वर्ष फर्मको सेयरमा ५६ प्रतिशतको वृद्धि भएको थियो ।

फोब्र्सले गेट्सको सम्पत्ति १९९९ को अप्रिलमा १०० अर्ब भन्दा थोरै माथि भएको जनाएको थियो । मुद्रास्फीर्तिको समायोजन गरेर हेर्ने हो भने उनको त्यति बेलाको सम्पती १४८ अर्ब डलर हुन आउँछ ।

सन् २०१८ को मार्चमा फोब्र्सले विश्वका धनी व्यक्तिहरुका सूची सार्वजनिक गर्नेछ । अमेजनको शेयर मूल्यमा गिरावट नआएसम्म उसँग सबैभन्दा बढी नेटवर्थ हुनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।