प्राइम बैंकको एक अर्ब ७० करोड रुपैयाँको बोनस पारित

Jan 11, 2018 Merolagani

प्राइम कमर्सियल बैंक (PCBL) को पुस २५ गते सम्पन्न दशौं बार्षिक साधारण सभाले २७ प्रतिशत अर्थात एक अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरण गरेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा मंगलबार सम्पन साधारण सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि सञ्चालक नियुक्त गरेको छ ।

साधारण सभाका लागि बैंकले पुस ५ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले उक्त बोनस पुस ४ गतेसम्म कायम बैंकको सेयरधनीले मात्र पाउनेछन् । ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस बितरण पश्चात ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको बैंकले गत वैशाख १७ गतेपछाडि सेयरधनी बनेर बोनस पाउने लगानीकर्तालाई भने लाभांस वापतको कर आफैँ तिनुपर्ने जनाएको छ ।

विभिन्न उद्योगी, व्यवसायी, बैंकर्स, शिक्षाविद्, एवं व्यवसायीक व्यक्तित्वद्धारा प्रवद्र्धित बैंकले नविनतम सेवा र शाखा सञ्जाल विस्तार गरि समयानुकुल लगानीको प्रतिफल प्रदान गर्दे जाने प्रतिवद्धता समेत साधारणा सभामा गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।