फरवार्ड माइक्रोफाइनान्सले घोषणा गर्यो बम्पर बोनस, कति पुग्छ पूँजी ?

Jan 12, 2018 merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था (FOWAD) ले गत बर्षको कमाईबाट वितरण गर्ने बोनस तथा नगद लाभांस घोषणा गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितिको बैठकले ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

फरवार्ड माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांसगरी कुल ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको प्रमुख कार्यकारी आश नारायण चौधरीले जानकारी दिए ।

कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको कम्पनीको बोनसपछि पुँजी ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गतबर्ष मात्र आइपीओ निष्कासन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७८ लाखरुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डको रिजर्भ कोषमा भने ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ ।

हाल दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३ हजार ५ सय रुपैयाँको हाराहारीमा रहेको छ । कम्पनीको सेयरमूल्य निक्कै माथि भएकाले बोनसको लोभमा सेयर खरिद गर्नु फाइदाजनक नहुन पनि सक्छ । केही महिना अगाडि कम्पनीको सेयरमूल्य प्रतिकित्ता चार हजार रुपैयाँसम्म पुगेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।