हिमालयन बैंकको चूक्ता पूँजी आठ अर्ब नाघ्यो,शाखा सञ्जाल विस्तारमा जोड

Jan 12, 2018 merolagani

हिमालयन बैंक (HBL) को पच्चीसौं वार्षिक साधारण सभाले गतबर्षको कमाईबाट २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्व ११ करोड ४५ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

साथै बैंकले कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांस समेत वितरण गर्ने भएको छ । बैंकले चुक्ता पूँजीको २५ प्रतिशतले हुने एक अर्ब ६२ करोड २९ लाख पाँच हजार रुपैयाँ बोनस तथा १.३१ प्रतिशलले हुन आउने ८ करोड ५४ लाख १६ हजार रुपैयाँको नगद लाभांश वितरण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार पुस १० गतेसम्म कायम रहेका सेयरधनीले मात्र बोनस प्राप्त गर्ने छन् ।

सभाले बैंकका अध्यक्ष अध्यक्ष मनोज बहादुर श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन पारित गरेको छ । सो अवसरमा अध्यक्ष श्रेष्ठले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।

बैंकले यो वर्ष ६ स्थानमा नयाँ शाखाहरु स्थापना गर्ने जानकारी दिएको छ । त्यस्तै नेपाल सरकारको योजना अनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्ने र देशका विभिन्न स्थानमा थप ए.टी.एम. सञ्जाल विस्तार गर्ने योजना अघि सारेको छ ।

हिमालयन बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ४१ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ २७ पैसा कायम गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।