नेप्सेमा सेयर थपिने क्रम जारी, योे साता मात्रै ३७ लाख कित्ता सूचीकरण

Jan 13, 2018 merolagani

नेपाल स्टक एक्सचेञ्जमा सेयरको आपूर्ति बढ्ने क्रम जारी रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्तपूँजी पुर्याउने क्रममा सूचिकृत कम्पनीहरुले गएको बर्ष वितरण गरेको बोनस तथा हकप्रद सेयर नेप्सेमा सूचिकरण हुदै जादा बजारमा सेयरको आपूर्ति बढ्न थालेको हो । यो साता मात्रै पाँच कम्पनीको ३७ लाख कित्ता बढी सेयर नेप्सेमा थपिएको छ ।



नेपाल स्टक एक्सचेन्जमा यो साता ३ अर्ब ३७ करोड ३३ लाख ८० हजार ९ सय ९० रुपैयाँबराबरको ३ करोड ३७ लाख ३३ हजार ८ सय ९ दशमलव ९ कित्ता सेयर सूचीकृत भएका छन् । यो साता पाँच कम्पनीको हकप्रद र बोनस गरेर उक्त परिमाणको शेयर सूचिकृत भएको हो ।

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैङ्कको हकप्रद सेयर र ङादी गु्रप पावर, सानिमा बैङ्क, नबिल बैङ्क तथा टुरिज्म डेभलपमेन्ट बैङ्कको बोनस सेयर सूचीकृत भएका हुन् । नेप्सेमा सूचीकरण भएको ७ दिनमा ती सेयर दोस्रो बजारमा खरिद बिक्रीका लागि योग्य हुन्छन् ।

सेयर आपूर्ति बढ्ने क्रम जारी रहदा साताको सेयरबजारमा सामान्य सुधार देखिएको छ भने कारोबारमा गिरावट आएको छ । साताभर सेयरबजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा ८.४९ अङ्कले बढेर अन्तिम दिन १४४०.२९ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा २.२९ अङ्कले बढेर ३०३.६८ अङ्कमा पुगेको छ ।

नेप्सेका अनुसार यो साता १ सय ७४ कम्पनीहरुको कारोबार भएको छ । साताभर १७ हजार ३ सय ९३ कारोबारबाट ४१ लाख ५ हजार २ सय १० कित्ता सेयरहरु खरिद बिक्री भई १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ३६.७९ प्रतिशतले कम हो । गत साता २७ हजार ५ सय ८३ कारोबारबाट ६४ लाख ७९ हजार ८ सय ९० कित्ता सेयर खरिद बिक्री भई २ अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । नेप्सेमा गत साता १ सय ७९ कम्पनीको कारोबार भएको थियो ।

यस साता कारोबार रकम (२३ करोड ७६ लाख ५० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ९९ हजार कित्ता) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१४७५ वटा) को आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।